Logo

होचा पुड्काहरूलाई दिएको एक महिने उद्घोषण एवम् स्क्रिप्ट लेखन तालिम समापन



काठमाडौं, २५ बैशाख । महलिा, वालबालिका तथा समाज कल्याणमन्त्रालयको अनुदानमा होचा पुड्का व्यक्तिहरूलाई दिएको एक महिने उद्घोषण एवम् स्क्रिप्ट लेखन तालिम आज समापन भएको छ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा नेपाल होचापुड्का संघले पत्रकार सम्मेलन गरेर मन्त्रालयलाई धन्यवाद ज्ञापन दिँदै तालिम कार्यक्रम समापन गरेको हो ।

चलचित्र निर्माता संघकी अध्यक्ष सुचिता श्रेष्ठले होचापुड्का व्यक्तिहलाई हाँस्यकलाकारको रुपमा प्रयोग गरेकोमा विमति जनाएकी छन्।

श्रेष्ठले आगामी दिनहरूमा नेपाली चलचित्रहरूमा होचापुड्का व्यक्तिहरूलाई मुख्य भूमिकामा देख्ने गरि स्थान दिनुपर्ने बताउदै भनिन्,‘हाम्रो समाजमा रहेका तपाई जस्ता उच्च क्षमता रहेका मानिसलाई हास्य कलारकारको रोलमा देखाउने गरिन्छ यो अपमान सम्झेकि छु, आगामी दिनमा यस्तो हुन दिनु हुँदैन, अब एक महिने तालिम लि सक्नु भएको छ, अब रेडियो, टेलिभिजनमा काम गर्न हैसियत बनाउनु भएको छ, अब आत्म निर्भर बन्नुपर्छ।’

अध्यक्ष श्रेष्ठले होचापुड्का व्यक्तिहरूको जीवनमा आधिरित कथाबस्तुको सर्ट मुभि निमार्ण गर्नको लागि सहयोग गर्ने बताएकि छन्।
उनले भनिन्, अब तपाईहरू आत्मर्निभर भन्नु भएको छ, तपाईहकै जीवनमा आधारित कथा बस्तु लेख्नुस् म त्यसलाई निमार्ण गर्ने जिम्मा लिन्छु, त्यसको व्यवस्थापनको लागि चलचित्र संघ छदैछ, मैले सक्ने जति सहयोग गर्न तयार छु।’

त्यस्तै कार्यक्रममा रमेश तिवारीले यस्ता तालिम तथा उत्प्रेरणाका कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने बताएका छन्। उनले भने, ‘हिजो बिहान होचा व्यक्तिहरूलाई आवश्यता अनुसार प्रयोग गरेको पाईन्थ्यो, अबका दिनहरूमा आफै केही गरि खाने भैसक्नु भएको छ, अब आत्मनिर्भर बन्नुपर्छ, राज्यलाई भनेर हुँदैन, आफै गरेर खान सक्नुपर्छ।’

कार्यक्रमका सभापति एवम् संघका अध्यक्ष केबी गुरुङले सबै प्रकारका होचापुड्काहरू एक ठाउँमा उभिएर न्याय र आत्मर्निभरको बाटोमा हिड्नको लागि आग्रह गरेका छन्।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष लोकनाथ ढकाल, बौद्धिक अपाङ्गता अविभावक संघका अध्यक्ष मुकुन्द दाहाल लगायतले आफ्ना कुराहरू राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्