Logo

सरकारमा सहभागी हुने कमल थापाको अन्तिम तयारीमा देउवा बाधक, गच्छदारलाई ल्याउनुको यस्तो छ कारण



काठमाडौ., २५ बैशाख । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कमल थापाको पूनः सरकरमा सहभागिता जनाउने योजनामा बाधक बनेको खुलासा भएको छ ।

प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै उक्त प्रस्तावमा गम्भिर असहमति जनाउँदै सरकारबाट बाहिरिएको राप्रपाले संसदमा उक्त प्रस्तावलाई स्थगित् राख्ने सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रको निर्णयसँगै राप्रपा अध्यक्ष थापा पूनः सरकारमा सहभागि हुने बुझिएको थियो । त्यसैको फलस्वरुप उनले हिजोमात्रै प्रधानमन्त्री दाहाललाई भेटेर कुरा राखेका थिए ।

सुरुमा प्रधानमन्त्री दाहाल थापालाई सरकारमा ल्याउनको लागि सकारात्मक देखिएका थिए । तर यो वीचमा प्रमुख घटक नेपाली काँग्रेसका सभापति देउवाले थापाको सट्टा नेपाल फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई सरकारमा ल्याउने तयारी गरिसकेका थिए । देउवाले नै हिजो आईतबार प्रधानमन्त्री दाहाललाई फोन गरेर अहिले कुनैपनि हालतमा थापालाई सरकारमा ल्याउन नहुने भन्दै कडा चेतावनी दिए ।

देउवाको बुझाईमा थापा पछिल्लो समय अस्थिर भए । कमल थापाले सरकारको साथ छोडेर एमालेसँग गठबन्धन गरेकोमा देउवालाई चित्त बुझेको थिएन । स्रोतका अनुसार उनले सरकारलाई अविश्वास गर्न थालेकोले यही हालतमा सरकारमा उनलाई सहभागी गराउन नहुने अडानमा देउवा पुगेका हुन् ।

देउवाको अर्को अस्त्र के हो भने अब आफू प्रधानमन्त्री बन्नको लागि पनि विजय कुमार गच्छदारको साथ र सहयोग चाहिने छ । यही अवस्थामा गच्छदारलाई सहभागी गराउन सकिए देउवा नेतृत्वको सरकारको पनि बहुमत पुग्छ । हुन त अन्तिममा गच्छदारलाई काँग्रेसमा भित्र्याउने तयारी देउवाको छ ।

पछिल्लो समय उपप्रधानमन्त्री एवम् गृहमन्त्री विलमेन्द्र निधिसँगको सम्बन्ध सुधारोन्मुख भएपनि देउवाले अहिलेसम्म निधिलाई विश्वास गर्न सकेका छैनन् । उनले निधिको ठाउँमा गच्छदारलाई आफ्नो विश्वासिलो नेता बनाउने बुझिएको छ । निधिसँग उनको सम्बन्ध छताछुल्ल भएको छ । गच्छदारलाई ल्याएर कमल थापालाई रोक्न देउवा सफल भएका छन् । वर्तमान राजनीति अवस्थाको बारेमा देउवा र गच्छदारको राम्रो कुराकानी भएको समेत स्रोतको दाबी छ । त्यही भएर उनी आज गच्छदारसहित फोरम लोकतान्त्रिकबाट गोपाल दहित र जितेन्द्र देव सरकारमा सहभागी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्