Logo

भीम उदास म्यानमारका लागि राजदुत नियुक्त



काठमाडौं, २५ बैशाख । भीमकृष्ण उदास म्यानमारका लागि नेपाली राजदुत नियुक्त भएका छन् । मन्त्रिपरिषदको सिफारिश संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उदासलाई सोमबार राजदुत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा म्यान्मारका लागि नेपाली राजदूत पदमा दमक(१३, झापा निवासी उदासलाई नियुक्त गरेकी छिन् ।

राष्ट्रपति कार्यालय शितलनिवासका सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनीद्धारा गरिएको विज्ञप्तीमा भनिएको उक्त जानकारी गराईएको छ ।



प्रतिक्रिया दिनुहोस्