Logo

मनाङे कहिले छुट्छन् जेलबाट ?



काठमाडौं २६ बैशाख । निर्वाचनको शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै पक्राउ गरिएका गुन्डा नाइके दीपक मनाङे कम्तीमा पाँच दिन थुनामा रहने भएका छन् ।

सार्वजनिक अपराध अन्तर्गत काठमाडौं जिल्ला प्रशासनले मनाङेलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

काठमाडौं प्रहरी परिसरले राप्रपा नेपालका मनाङ जिल्ला अध्यक्ष समेत रहेका मनाङेलाई आइतबार ठमेलबाट पक्राउ गरेको थियो । निर्वाचनलाई लक्षित गरी प्रहरीले पक्राउ गरेका करिब तीन दर्जन गुन्डामध्ये अधिकांश तारेखमा छुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्