Logo

ग्यास र पेट्रोल पम्पमा भारतको यस्तो इच्छा



काठमाडौं २६ बैशाख । भारतीय आयल निगम (आइओसी) ले ग्यास रिफाइनेरी र पेट्रोल पम्पमा लगानी गर्न इच्छा देखाएको खबर आजको कान्तिपुरमा छ ।

करिब डेढ महिना अघि आपूर्ति मन्त्रालय र आइओसीबीच भएको पाँच बर्षे इन्धन नवीकरण सम्झौताको क्रममा मन्त्रालयले लगानी गर्न प्रस्ताव गरेको थियो ।

सोही प्रस्तावअनुसार लगानीको सम्भाव्यता अध्ययन गर्न नेपाल आएको आइओसीको टोलीले इच्छा देखाएको हो ।

निगमका अनुसार आइओसीका वाणिज्य महाप्रवन्धक एसएस बोसको नेतृत्वमा ५ सदस्यीय टोली नेपाल आएको हो ।

टोलीले सोमबार साल्ट ट्रेडिङ कर्पोरेसन्सको एसटीसी ग्यास रिफाइनेरीमा निरीक्षण गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्