Logo

गठबन्धनका नेताहरु प्रधानमन्त्रीलाई भेट्दै



काठमाडौं २६ बैशाख । संघीय गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता हुँदैछ । स्थानिय तहको चुनाव, संविधान संसोधन लगायतका विषयमा छलफल हुनेछ । संघीय गठबन्धन र सत्तारुढ दलबीच भएको सहमतिअनुसार वैशाख ३१ हुने पहिलो चरणको चुनावअघि सविधान संशोधन विधेयक पारित हुने सम्भावना कम भएपछि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन भेटवार्ता गर्न लागेको गठबन्धनका नेताहरुले बताएका छन् ।

संविधान संशोधन विधेयक निर्वाचन अघि पारित पारित नहुने भएपछि निर्वाचन पछिको तयारीका विषयमा जानकारी लिने नेताहरुले बताएका छन् । भेटवार्ता बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुनेछ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा हिजो बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री प्रचण्डले आफूसँग भएको भद्रसहमति तोडेको कारणले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरि अगाडि बढ्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्