Logo

आइपीएल क्रिकेटमा हैदरावादद्धारा मुम्बई ७ विकेटले पराजित



काठमाडौं, २६ बैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत सोमबार राति भएको खेलमा सनराईजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ ।

जितसँगै हैदरावादले प्ले अफ्मा पुग्ने सम्भावना पनि बलियो पारेको छ । खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको मुम्बईले ७ विकेटको क्षतिमा १ सय ३८ रन बनायो । मुम्बईका लागि रोहित शर्माले ६७ रन बनाए ।

जवाफमा १ सय ३९ रनको मध्यम लक्ष्य हैदरावादले १९ औं ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।  हैदरावादका लागि शिखर धवनले ६२ रन जोड्दा मोइसेस हेन्रीक्सले ४४ रनको योगदान दिए ।

आईपीएल क्रिकेटको यो दशौं संस्करण हो । दशौं संस्करणको पहिलो खेलमा मुम्बई ईन्डियन्ससँग भोगेको हारको बदला हिजो हैदरावादले लिएको छ ।

आईपीएल क्रिकेटमा आज किङ्स ईलेभेन पञ्जाव र कोलकाता नाईट राईडर्स भिड्नेछन् ।



प्रतिक्रिया दिनुहोस्