Logo

इजिप्ट प्रहरी कारवाहीमा आठ विद्रोहीको मृत्यु



काएरो (इजिप्ट), २६ वैशाख । इजिप्टको दक्षिणी क्षेत्रमा प्रहरी कारवाहीमा आठ जना विद्रोही लडाकूको मृत्युभएको मेना न्यूज एजेन्सीले सोमबार जनाएको छ ।

सोहाग प्रवेश गर्ने सडक नजिकै लुकिछिपी बसेका इस्लामिक स्टेटका आतङ्कवादी समूहको लडाकूहरुका विषयमा स्थानीय गाउलेहरुद्वारा जानकारी पाएपछि प्रहरीले सो क्षेत्रलाई घेरा हाली कारवाही चलाएको थियो । उनीहरुसँगबाट ठूलो पैयानामा हतियार र विस्फोटक पदार्थ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई सेनाको सहयोगमा पदच्युत गरेपछि सन् २०१३ पछि इजिप्टको सिनाइ क्षेत्रमा शसस्त्र विद्रोहीद्वारा पटक पटक आक्रमण गर्ने गरेको छन् । यसको प्रभाव कहिलेकाही राजधानी काएरो र अन्य प्रमुख शहरहरुमा समेत पर्ने गरेको छ । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्