Logo

बालुवाटार बैठक सहमति नजिक, कसले के प्रस्ताव राखे ?



काठमाडौं २६ बैशाख । प्रमुख राजनीतिक शक्तिहरुबीच भएको बालुवाटार बैठक सहमति नजिक पुगेको छ । संविधान संसोधन, महाअभियोग प्रस्ताव टुङ्गो लगाउने, बजेट ल्याउने र दोस्रो चरणको चुनाव गर्ने चारवटा एजेण्डामा छलफल भएकोमा दलहरु सबै विषयमा मध्यमार्गीधारबाट सहमति खोज्न तयार भएका छन् ।

एमालेले चुनाव सार्नुपर्ने र चुनावपछि मात्रै बजेट ल्याउनुपर्ने अडान लिएको छ भने संघिय गठबन्धनले संसोधन प्रस्ताव पारित गर्नुपर्ने अडान राखेको छ । बैठक पछि एमाले उपाध्यक्ष वामदेव गौतमले छलफल सकारात्मक भएको तर कुरा मिल्न बाँकी रहेको बताए । उनले भाषामा परिमार्जन गरेर एमाले संविधान संसोधनमा सघाउन तयार रहेको तर बजेट चुनावपछि लैजानुपर्ने र दोस्रो चरणको चुनाव अगाडी सार्नेपर्ने अडान रहेको बताए ।

निर्वाचन, बजेट, संविधान संशोधन तथा महाअभियोगको विषय मध्यमार्गी बाटोबाट प्याकेजमा नै हल गर्नेमा भने बैठक सहमत भएको नेताहरुले जनाएका छन् । संघिय गठबन्धन नेता केशव झाले जेठ ४ गते नै संविधान संसोधन प्रक्रिया अगाडी बढाएर पारित गर्नुपर्ने गठबन्धको प्रस्ताव रहेको बताए ।

गठबन्धनमा रहेका नेताहरुलाई पनि चुनावमा भागलिन मिल्नेगरि प्रक्रिया अगाडी बढाउन र नभए प्रष्ट धारणा ल्याउन माग गरिएको उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिका साथ सबै विषय टुङ्गो लगाउन सरकारले लचक भएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्