Logo

वनमन्त्रीमाथि आक्रमणको प्रयास भएकोमा काँग्रेसको निन्दा



डुम्रे तनहुँ, २६ वैशाख । नेपाली काँग्रेसले सोमबार वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीमाथि नेकपा९एमाले० का कार्यकर्ताले तनहुँको भानुमा आक्रमणको प्रयास गरेको र नेपाली काँग्रेसबाट वडा नं १ का अध्यक्षका उम्मेदवार बनेका आशबहादुर लामामाथि अभद्र व्यवहार गरेको भनी निन्दा गरेको छ ।

निर्वाचनका समयमा जिल्ला आएको भन्दै एमाले कार्यकर्ताले लमजुङबाट राजधानी फर्कने क्रममा डुम्रे बेँसीसहर खण्ड अवरुद्ध पारेर म
मन्त्री भण्डारीमाथि आक्रमणको प्रयास गरेको बताइएको छ । घटनास्थलमा तत्कालै पुगेको सुरक्षाकर्मीको टोलीले मन्त्री भण्डारीलाई उद्धार गरेको थियो ।

मन्त्री भण्डारी लमजुङमा एक मित्रको शुभकार्यमा सहभागी भएर राजधानी फर्कँदै हुृनुहुन्थ्यो । व्यक्तिगत कार्यमा सहभागी भएर फर्कंदै गर्दा एमाले कार्यकर्ताले आक्रमणको प्रयास गर्नु अत्यन्त निन्दनीय भएको मन्त्री भण्डारीको भनाइ छ ।

काँग्रेस भानुनगर समितिका सभापति श्रीभक्त आचार्य र काँग्रेस तनहुँका सचिव विश्व बास्तोलाले उहाँहरुमाथि आक्रमणको प्रयासको निन्दा गर्दै सो घटनाको विषयमा दोषीमाथि कारबाही गर्नुपर्ने माग प्रशासनसमक्ष गर्नुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्