Logo

जेठ १५ अघि नै दोस्रो चरणको चुनाव गर्नुपर्छ : डा. भट्टराई



पस्लाङ गोरखा, २६ वैशाख । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधानअनुसारस आगामी जेठ १५ गते नै बजेट ल्याउनुपर्ने र त्यसअघि स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्ने बताउनुभएको छ ।

मतदातासँग मत माग्न गोरखा नगरपालिकाको पस्लाङ पुग्नुभएका डा भट्टराईले आज पत्रकारसँग कुरा गर्दै भागबन्डाको राजनीतिले गर्दा देश भाँडभैलोतर्फ गएको र लोकतन्त्रलाई तहसनहस पार्ने काम भइरहेको आरोप लगाउनुभयो ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्नेमा सरकार र सरकारमा रहेका दल नै गुण्डागर्दी र अपराधीकरणमा उत्रेको दोषारोपण पनि उहाँले गर्नुभयो ।

अर्को प्रसङ्गमा उहाँले उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि एकीकरणबारे छलफल हुने जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्