Logo

देउवाले प्रचण्डलाई भने,‘ढुक्क हुनोस्, रेणु दाहाललाई जिताएरै छोड्छु’



काठमाडौं, २६ बैशाख । यही बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको लागि प्रमुख दलहरु चुनावी मैदानमा प्रचारप्रसारसहित उत्रिएका छन् ।

रोचक त के भने प्रमुख दलहरु नै यसपटकको चुनावमा तालमेलमा होमिएका छन् । प्रमुख सत्तारुढ दल काँग्रेसले माओवादी केन्द्रसँग तालमेल गरेको छ भने एमालेले राप्रपासँग गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी एवम् नेकपा माओवादी केन्द्रकी युवा नेतृ समेत रहेकी रेणु दाहालले चितवनको भरतपुर महानगरपालिकामा मेयरमा उम्मेद्धवारी दिएकी छिन । उनको उम्मेद्धवारीलाई लिएर विभिन्न चर्चा तथा परिचर्चाहरु भएका थिए । खासमा उनलाई प्रधानमन्त्री दाहालकी पुत्रीको रुपमा चर्चा गरिएको थियो । तर पार्टीमा उनको त्याग र योगदान उच्च रहेको स्वयम् माओवादीसँग तालमेल गरेको काँग्रेस पार्टीका शीर्ष नेताहरुले नै दाबी गरेका छन् ।

मंगलबार विहान प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवावीचको वान टु वान भेटवार्तामा देउवाले रेणु दाहाल माओवादी केन्द्रकी उम्मेद्धवारमात्रै नभएर काँग्रेसकोपनि उम्मेद्धवार भएको भन्दै जसरी पनि रेणु दाहाललाई विजयी गराएर छाड्ने विश्वास दिलाएको स्रोतको दाबी छ ।

उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘रेणु दाहाललाई जिताएर ल्याउँछु काँग्रेसले जिताउँछ, काँग्रेस जे बोल्छ, त्यही गर्छ, रेणु काँग्रेसकोपनि उम्मेद्धवार हुन् ।’



प्रतिक्रिया दिनुहोस्