Logo

पहिलो पटक नायिका थापा भिलेनको रोलमा



काठमाडौं, २६ बैशाख । चलचित्र ‘डायरी’को प्रदर्शन मिति नजिकिदै छ । यो चलचित्र आउँदो जेठ ५ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ । उक्त चलचित्रमा लोकप्रिय नायिका रेखा थापा, छुल्ठिम गुरुङ र सन्नी सिंहको मुख्य भूमिका छ ।

चलचित्रको टिजरमा नायिका थापालाई पूर्ण रुपमा खलपात्रको रुपमा देखाइएको छ । जुन दर्शकका लागि नयाँ स्वाद हुने छ । ‘नोभेम्बर रेन’की ‘डल्ली’ छुल्ठिम यसमा पनि चुलबुले यूवतीको रुपमा देखिएकी छिन् ।

चलचित्रमा दीनेश डीसी, विनोद पौडेल लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रमा छेतेन गुरुङको कथा, शिवराम श्रेष्ठको छायांकन, प्रविन श्रेष्ठको सम्पादन छ । यो चलचित्र चैत्रमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

पोखराका रमणीय स्थानहरुमा खिचिएको भिडियोको कोरियोग्राफर शिशिर खाती हुन् । गीतमा स्वप्निल शर्माको शब्द तथा संगीत छ भने सुगम पोखरेल र रजिना रिमालको स्वर छ ।

छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको चलचित्रको आवरण फिल्म मार्फत् निर्माताको रुपमा फिल्ममा प्रवेश गरेका अनिल योन्जनले ‘डायरी’ निर्देशन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्