Logo

अर्घाखाँचीमा निर्बाचनको चहल पहल बढ्यो



नबिन के.सी : अर्घाखाँची, २६ बैखाश । सरकारले दुई चरणमा निर्बाचनको मिति घोष्णा गरे संगै अर्घाखाँचीमा दोस्रो चरणमा निर्बाचन हुने भएपछि सेलाएको चुनावी माहोल पुर्न तातेको छ । बैशाख ३१ गते पहिलो चरणको निर्बाचन हुने निश्चित भए पछि दोस्रो चरणमा निर्बाचन हुने भन्दै जिल्ला स्थीत क्रियशिल राजनैतिक दलहरु तथा उम्मेद्धवारहरु चुनाव प्रचारमा लागेका छन । यता निर्बाचन कार्यालयले पनि आफनो तयारीलाई तिब्र पारेको छ ।

स्थानियतहको निर्बाचनलाई अबसरको रुपमा लिनुपर्ने मुख्य निर्बाचन अधिकृत केशबप्रसाद बास्तोलाले बताएका छन् । दुई दशक पछि हुने निर्बाचनले जनप्रतिनिधि चयनहुने र आषाढ भित्र स्थानिय सरकार गठन हुने समेत बताए ।

जिल्लाका सबै गाउँपालिका र नगरपालिकाहरुमा निर्बाचन अधिकृतको कार्यालयहरु स्थापना भई काम सुरु भएको भन्दै उनले भने “यहि बैशाख ३१ गतेको लागी तयारी गरेका थियौ तर सरकारले दुई चरणमा निर्बाचन गर्ने गरि जेष्ढ ३१ गते निबार्चन गर्ने गरि निर्णय गरेको छ त्यसै अनुरुप हामी निर्बाचन सम्पन्न गर्न प्रतिबद्ध रहेका छौ ” । जिल्लामा शान्तिपुर्ण र भयरहित वातावरणमा निर्बाचन सम्मपन्न गर्नको लागी सुरक्षा निकाय तयार रहेको प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले बताए ।

निर्बाचनमा मतदाताहरुलाई ढुक्कका साथ मतदान गर्न समेत आग्रह गरे । रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उक्त कुरा बताएका हुन । सो अबसरमा रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीले प्रकाशन गरेको भितेपात्रोको बिमोचन गरिएको थियो । कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता ,गणेश खनालको स्वागत मन्तव्य र नबिन के.सी को सञ्चालनमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्