Logo

साढे छ सय रोपनीमा हिउँदे धानखेती



फलेवास पर्वत, २६ वैशाख । जिल्ला कृषि विकास कार्यालयको हिउँदे धानबाली प्रवद्र्धधन कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा हिउँदे धानखेती विस्तार गरिएको हो ।

कार्यालयले पैयु गाउँपालिका हुवासमा नमुना ब्लकको रुपमा एक सय रोपनी जग्गामा खेती विस्तार गरेको छ । यस्तै टकलाक, त्रिवेणी, बेउलीबास, अर्मादी, लस्ती, मिलनचोकलगायत स्थानमा गरी एक हजार ६६० रोपनीमा हिउँदे धानखेती गरिएको कार्यालयका धानबाली फोकल पर्सन चेतनाथ पौडेलले जानकारी दिनुभयो ।

अहिलेसम्म निर्वाहमुखी खेतीमा भर पर्दै आएकाले हिउँदे धानबालीबाट किसानलाई व्यावसायिक बनाउने अभिप्रायले हिउँदे धानखेतीतर्फ आकर्षित गरिएको उहाँले बताउनुभयो । हिउँदे धानबालीमा अहिले किसान विभिन्न समूह बनाएर अग्रसर भएका छन् । समूहमा आबद्ध भएर खेतीमा सक्रिय भएपछि अनुदान, बाली बिमालगायतका क्रियाकलापमा सहज हुने स्थानीय काशीराम गौतम बताउनुहुन्छ ।

हुवासमा हर्दिनाथ १ जातको १०५ किलो बीउ लगाइएको छ । हिउँदे धानबाली सोचेअनुरुप उत्पादन गर्न सकेमा उद्योग नै स्थापना गरेर चिउरा, भुजालगायतका खाद्य सामग्री उत्पादन गर्न सकिने गौतमको भनाइ छ ।

लोपोन्मुख रुपमा रहेको हिउँदे धानखेती नमुना ब्लकबाट उत्पादन दिन सकेमा आउँदो वर्ष फलेवास, कुर्घालगायतका स्थानमा समेत विस्तार गरिने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । हिउँदे धान समुद्री सतहदेखि ६०० मिटरदेखि एक हजार २०० मिटर उचाइसम्म लगाउन सकिन्छ । रासस



प्रतिक्रिया दिनुहोस्