Logo

मतदान केन्द्रबाटै पनि मतदाता शिक्षा दिइने



काठमाडौँ, २६ वैशाख । स्थानीय तह निर्वाचनका लागि मतदातालाई निर्वाचन चिह्नबारे जानकारी दिन यही वैशाख २८ गतेदेखि ३० गतेसम्म छ हजार छ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवक परिचालन गरिने भएको छ ।

सबै मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवकलाई अनिवार्य रूपमा उपस्थित भई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोगले मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवकलाई आज आदेश दिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

आयोगले वैशाख २८, २९ र ३० गते सबै मतदान केन्द्रबाट मतदाताको परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । नमुना मतपत्रसमेत लिएका मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवकले मतदाता परिचयपत्र लिन आउने मतदातालाई मतदान गर्ने सही तरिका सिकाउने छन् । रासस



प्रतिक्रिया दिनुहोस्