Logo

यसरी मनाईयो कानून दिवस, प्रधानमन्त्री नै अनुपस्थिति (फोटोफिचर)



काठमाडौं, २६ बैशाख । ६५ औं कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले चियापान आयोजना गरेको छ ।

उक्त चियापानमा कैयौ भीभिआइपी अनुस्थित भएका छन् । मंगलबार सर्वोच्च अदालत परिसरमा आयोजित चियापान कार्यक्रममा मन्त्रपरिषद्का तर्फबाट एक जना मन्त्री (राम कार्की) मात्र सहभागी भए ।

चियापानमा राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भए । सर्वोच्च परिसरमा राजनितीक दलहका नेताहरुका लागी राखिएको कुसी खाली थियो । राजनितीक दलहरुका तर्फबाट काँग्रेस सभापति शेरबहादुर देउवा पनि चियापानमा सहभागी भएनन् ।

कानुन दिवसमा सर्वोच्चले आयोजना गर्ने चियापानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनीधि, कानुनव्यवासायी लगायतका व्यक्तिलाई निमन्त्रणा दिने परम्परा छ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ सांसदले गत आइतबार प्रधानन्यायाधीश कार्की संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्