Logo

पूर्वराजा ज्ञानेन्द्रसँग भेट भयो भन्ने कुरा हावादारी हो : डा. प्रकाशचन्द्र लोहनी-अध्यक्ष, एकीकृत राष्ट्रवादी प्रजातन्त्र पार्टी



एकीकृत राष्ट्रवादी प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो नाम जोडेर पूर्वराजा ज्ञानेन्द्र शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ गठबन्धन बनेको भनेर बाहिर समाचार आएको विषयमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । उनले राप्रपाका सांसदहरुलाई आफूले गायब बनाएको भनेर पनि बाहिर चर्चा भएको विषयमा कुनै सत्यता नभएको भन्दै यी सबै कुराहरु हावादारी र वाहियता भएको टिप्पणी गरे । उनले नयाँ पार्टी गठनभएदेखि अहिलेसम्म आफूले पूर्वराजासँग भेटवार्ता नै नगरेको समेत दाबी प्रस्तुत गरे । यी नै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले लोहनीसँग नेपाली बहसका लागि गरेको कुराकानीको सम्पादित अंशः

पूर्वराजा ज्ञानेन्द्र शाह, तपाई र केपी ओलीबीचको गठबन्धन बन्दैछ रे नि त ?

यी सबै हावादारी कुरा हुन् ।

यसको बारेमा राजनीतिक बजारमा खुब चर्चा चलेको छ नि ?

चर्चा भएको कुरालाई मैले के भन्नु र ? तर यो हावादारी कुरा हो ।

संविधान संशोधनको प्रस्ताव अघि बढिरहँदा तपाईले राप्रपाका १५ जना सांसद गायब गर्नुभयो अरे, यसमा त सत्यता होला नि ?
तपाईले ठुलै आरोप लगाउनुभयो । मसँग कुनै मान्छेलाई गायब गर्ने नैतिकता पनि छैन। त्यो सामथ्र्य पनि छैन् । त्यो राप्रपाका साथीहरूले के गर्छन् त्यो कुरा मलाइ थाहा हुने विषय पनि भएन ।

नढाँटी भन्नुहोस् त नयाँ पार्टी गठनपछि पूर्वराजासँग भेट भएको छ कि छैन् ?

भएको छैन् । राजनीतिक मैदानमा कहीँ भेट हुनु र केही कुरा हुनुलाई अन्यथा लिनुपर्छ जस्तो पनि लाग्दैन्।

उसो भए तपाई अहिले संविधान संशोधनको विपक्षमा हो ?

संशोधनको पक्ष र विपक्ष भन्ने कुरा फरक कुरा हो । संशोधन देश र जनतालाई त्यो संशोधनले कस्तो असर पार्छ भन्ने कुरा प्रमुख कुरा हो । भाषाको बारेमा, त्यसपछि आफ्ना मातृभाषालाई परिवर्तन गर्नुको कारण के हो ? यसमा मेरो विमति हो ।

हिन्दी भाषालाई नेपाली भाषाका रुपमा मान्यता दिनको लागि संशोधन आउदैछ भन्ने हो ?

यो तपाईले भन्नुभयो । मैले यस्तो केही पनि भनेको छैन् ।

राष्ट्रिय जनता पार्टीका नेताहरूले हिन्दी भाषालाई मान्यता दिनुपर्छ भनिरहेका छन् नि ?

जुन भाषा नेपाली हो त्यो भाषाका लागि हामी पक्षमा छौँ । अन्य भाषालाई हाम्रो भाषाका रुपमा मान्यता दिन सकिदैन । प्रान्तीय भाषा बाहेक अरुभाषालाई किन मान्यता दिने ?

राप्रपाका अध्यक्ष कमल थापाले आफ्नो पार्टी तपाईले फुटाउन थाले भनेर ओराप लगाए नि ?

कमल थापालाई के मन पर्छ ? के भन्छन् त्यो त उनी जान्लान तर बोल्ने कुराको सिमा पनि हुन्छ होला नि । संशोधनको विषयलाई लिएर अनेक कुराहरु आएका छन् । सत्तामा जाँदैमा विगतका सहमति र प्रतिवद्धता बिर्सिनुभयो भने त्यसमा मेरो भन्नु केही छैन् । उहाँसँग सोध्नुस् ।

उसो भए राप्रपा फुट्न सक्छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी के हुन्छ, के गर्छ ? म जाँन्दिन । हाम्रो पार्टी देश र जनताको राम्रो कामका लागि तयार छ । अरु के गर्छन त्यो हामीलाई थाहा हुँदैन ।

कार्यपालिका र न्यायपालिकाबीचको लडाईलाई कसरी लिनुभएको छ ?

यो सब प्रजातन्त्रका नाममा भाँडभैलो मात्र हो । कस्तो अवस्थामा महाअभियोग लगाउने भन्ने कुरा छन् । एउटा जवानलाई प्रहरीको प्रमुख बनाउनबाट रोक्ने आँट गरिन भन्ने झोंकमा महाअभियोग सम्भव छ र ?

संसदले अभ्यास गर्न पाउँदैन र ?

संसदले पनि गर्यो । अदालतले पनि गर्यो त । अब के गर्नुहुन्छ ? एकले अर्काको अस्तित्व स्विकार गर्न नसक्नुले यस्तै भाँडभैलो हुन्छ । दुबैले आफ्नो सिमाभित्र रहनुपर्यो ।

संविधान संशोधनको विषयलाई लिएर विशेषाधिकार प्रयोग गर्न मिल्छ कि मिल्दैन ?

त्यसो हो भने सर्बोच्चमा बिचारिधिन अवस्थामा रहेको मुद्धालाई लिएर महाअभियोग दर्ता गर्न मिल्छ ? अदालतले पनि अन्तरिम आदेश दिए ।

कानुनमन्त्रीले त पूर्वराजा, ओली र तपाईको नाम जोडेर संशोधन कार्यमा असहयोग गर्ने मानिस हुन भनेर भन्नुभएको छ ?

उहाँ महोदयलाई राम्रोसँग चिनेको पनि छैन् । यस्ता वाईयात सपना देख्ने काम नालायकी हो ।

उसो भए तपाईको अहिलेसम्म कसैकोसँग पनि गठबन्धन छैन् ?

ए बाबा राष्ट्र र जनताको हितको लागि यति कुरा भनेको हुँ ।

तर तपाईको गठबन्धनको विषयमा चर्चा त खुब छ नि ?

एउटा कुरा तपाई र पूर्वराजा ज्ञानेन्द्रबीच असाध्यै राम्रो सम्बन्ध छ । पत्याउनु भयो । ऋषि धमलालाई दिनदिनै राजालाई भेट्छन् भनेर भन्दा विश्वास गर्नुहुन्छ ? यस्ता वाईयात कुरामा तपाईजस्तो सिनियर पत्रकारले प्रश्न गर्न सुहाउँदैन ।

अब चुनाव हुने भयो होईन ?

हामीले चुनाव चिन्ह पाएका छैनौ । हाम्रा साथीहरु देशभरिबाट स्वतन्त्र रुपमा उम्मेदारी दिएर चुनाव लड्दै हुनुहुन्छ ।

अरुको पार्टी चिन्ह लिएर गएपनि हुन्थ्यो नि ?

किन अरुको पार्टीको चिन्ह लिनुपर्यौ ? हामीले पाउने मत अरु पार्टीको नाममा आउँछ । आगामी दिनमा आउने परिस्थिति जे आउँछ त्यसको सामना गर्न तयार छौँ ।

प्रस्तुति : ऋषि धमला



प्रतिक्रिया दिनुहोस्