Logo

सङ्घीय गठबन्धनका विरोध कार्यक्रम सार्वजनिक



काठमाडौँ, २६ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहितको सङ्घीय गठबन्धनले संविधान संशोधनका लागि दबाव स्वरुप विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

बिजुलीबजारस्थित राजपाको केन्द्रीय कार्यालयमा आज बसेको सङ्घीय गठबन्धनको बैठकले वैशाख २९ र जेठ १ गते विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो । राजपाका नेता केशव झाका अनुसार वैशाख २९ गते प्रदेश नं. १, २, ५ र ७ का सबै जिल्ला सदरमुकाममा विरोध सभा र १ गते मोटरसाइकल ¥याली गरिनेछ ।

परिमार्जनसहित संविधान संशोधनलाई दबाब दिन विरोधका कार्यक्रम ल्याइएको गठबन्धनले जनाएको छ । आगामी संसदको बैठकबाट संशोधन प्रक्रिया अघि नबढाइए थप विरोधका कार्यक्रम सार्वजनिक गरिने नेता झाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्