Logo

चुनाव प्रचार गर्दागर्दै दुई उम्मेदवारको मृत्यु



काठमाडौं २७ बैशाख । चितवनमा स्थानीय निकायको चुनावका उम्मेदवारको मृत्यु भएको छ । कालिका नगरपालिका ११ मा खुल्ला तर्फको सदस्य पदका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको हो ।

सोमबार राति परेको चट्याङका कारण ३८ बर्षीय चेपाङको ज्यान गएको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ । यसैबीच, प्रचार प्रसारमा हिडेका कांग्रेस सल्यानमा पनि एक जना उम्मेदवारको मृत्यु भएको छ ।

मालिका कुमाखमालिका गाउँपालिका १ मा कांग्रेसका तर्फबाट सदस्यका उम्मेदवार दलबहादुर रानाको प्रचार प्रसारको क्रममा लडेर मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस्