Logo

चुनावी प्रचारमा माओवादीको आक्रमणबाट एमाले कार्यकर्ता मारिए



दोलखा २७ बैशाख । दोलखामा माओवादी कार्यकर्ताले एमाले कार्यकर्ताको हत्या गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका २ स्थित जुगुमा चुनाव प्रचारप्रसार सकेर होटलमा बसिरहेका एक एमाले कार्यकर्ताको हत्या भएको छ । जुगुमा रहेको एक होटलमा बसिरहेका ३३ वर्षीय कुल बहादुर तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

तामाङ गौरीशंकर गाउँपालिकाका एमाले उम्मेदवार रहेका गोरे तामाङका छोरा हुन् । उनलाई गएराति करिव साढे ८ बजेतिर माओवादी केन्द्रका कार्यकर्ताले भाला र खुकुरी प्रहार गरी हत्या गरेका दोलखा एमालेले आरोप लगाएको छ । घटनामा स्थानीय दिलबहादुर बुढाथोकी पनि गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । माओवादी केन्द्र जिल्ला सह(इन्चार्ज विशाल खड्काले भने इन्चार्ज देवी खड्का माथि आक्रमण भएपछि जोगाउन खोज्दा यस्तो घटना भएको प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम