Logo

सर्जक डागीको ‘ओइ साइला, ओइ साइली’चर्चामा



काठमाडौं, २६ बैशाख । र्चित नायिका प्रियन्का कार्की बिक्रम बुढाथोकीको अभिनयमा रहेको हरी थापाको लोक पप“ओइ साईली,ओए साईला” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली गीत संगितका सर्जक तथा गायक मधु सुदन डागीको शब्द र हरी थापाको संगित रहेको गीतमा चर्चित गायिका मेलिना राइ र हरी थापाको स्वर रहेको छ ।

३ दर्जन भन्दा बढी गीतहरुमा शब्द संगित भरिसकेका थापाले १ दर्जन भन्दा बढी गीतहरुमा स्वर भरेका छन् । उक्त लोक पप गीत “ओइ साईली,ओए साईला” को म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका छन् ।

छायांकन हरि हुमगाई ,कोरियोग्राफर जेम्स बि सि, दृश्य निर्माण के एन्ड के र बजार ब्यबस्थापन वान वे फिल्मस प्रा लि काठमान्डौले गरेको हो ।



प्रतिक्रिया दिनुहोस्