Logo

मेयरका उम्मेद्धारलाई धमलाको टिप्स : भाषण होईन जनताको मन जित्नतिर लाग्नुहोस



काँग्रेस र एमालेका उम्मेद्धवारको आ–आफ्नै दाबी
काठमाडौं, २७ बैशाख । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मध्यपुर ठिमी नगरपालिकाका मेयर उम्मेदारलाई भाषण भन्दापनि काम गरेर देखाउनको लागि आग्रह गरेका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपाल भक्तपुरले आयोजना गरेको निर्वाचन विषेश कार्यक्रममा प्रमुख अथितिको रुपमा पुगेका पत्रकार धमलाले जनतालाई झुक्याउन नहुने भन्दै चिल्लो बाटो र धारोमा पानि ल्याउने प्रण गर्न उम्मेदवारलाई आग्रह गरेका हुन् ।

जनतालाई जनार्दन नमान्ने कुनै पनि व्यक्ति नेता नहुने बताउदै भने,‘तपाईहरू असली नेता बन्नुछ भने जनतालाई भगवान सम्झनुस्, त्यसै अनुरुप काम गर्नु्स्, तपाई सबै उम्मेदवार हाम्रा लागि बराबर हुनुहुन्छ, तर मध्यपुर ठिमीलाई उदाहरणीय नगरपालिको रुपमा स्थापित गर्ने, बाटो बनाउने, धारोमा पानी ल्याउने मान्छेलाई विजयी गराउन यहाँका जनताले चाहेका छन्।’

उनले अघि थपे,‘हामी स्वतन्त्र, निर्भिक, निश्पक्ष र भयरहित पत्रकारीत गर्ने मान्छे हौँ, राष्ट्र र राष्ट्रियताको नाममा कसैसँग सम्झौता नगर्ने प्रणका साथ हामी जनताको बीचमा छौँ, यो ऐतिहासिक भक्तपुरलाई बचाईराख्नु आजको आवश्यकता हो, विगतका हरेक निर्वाचनमा रिपोर्टर्स क्लबको साथ र सहयोग रहेको सबैलाई थाह छ, त्यसैको उदाहरण स्वरुप आज हामी जनता र उम्मेदवारलाई जोड्ने हिसावमा यहाँ आएका हौ।’

कार्यक्रममा मध्यपुर ठिमी नगरपालिका नेपाली काँग्रेस उम्ेदवार अष्टकुमार कावेंले आफुलाई कर्म योगीको रुपमा लिनुका लागि आग्रह गरे । उनले भने,‘म भाषणा गर्ने मानिस होईन, म काम गर्ने मानिस हो, हाम्रो पार्टीले भाषण गर्ने भन्दापनि काम गर्ने काम गर्छ, यस नगरपालिका भित्रका अनेकौ अपारदर्शिता र विकासका कामहरू समपन्न गर्नको लागि मेरो उम्मेदवारी हो, जनताले राम्ररी बुझेका छन्, जनताको बीचमा शासक होईन, सेवक भएर आएको छु, बोटो, पानि खेल मैदान लगायत सबै प्रकारका विकासका पूर्वाभारहको समुचित विकासको लागि म तयार छु, अब जनतालाई कसैले झुक्याउने सक्ने छैन्, यहाँ तालमेलको कुरा आएको छ, हामीलाई तालमेलले कुनै असर पार्दैन।’

त्यस्तै एमाले र नेमकिपाका साझा उम्मेदवार मदन सुन्दुर श्रेष्ठले आर्थिक अनियमितताको अन्त्य र सरकारी कामकाजमा प्रभावकारीताको लागि आफ्नो उम्मेदवारी भएको बताए।

उनले भने,‘सबै भन्दा भष्ट्रचारको सुचिमा रहेको नगरपालिकालाई ६ महनिा भित्र आंशिक र एक बर्षभित्र पूर्ण भष्ट्रचार अन्त्य गर्ने मेरो योजना छ, यहा नेर जनताले आफ्ननो अमूल्य मतदिन गल्ति गर्ने हो भने, फेरिपनि अहिलेको भन्दा उधोगतिमा यो नगरपालिका जान्छ, यस्तो गल्ति जनताबाट हुनेछैन, सरकारी कामकाजमा अनियमितता र ढिलासुस्ती गर्ने कर्मचारिलाई तत्काल कार्वाहि गर्ने, जनताको भलाईको लागि नै मेरो उम्मेदवारी हो।’

कार्यक्रममा मालेका उम्मेदवार बशन्त बहादुर खत्रिले अस्तव्यस्त राजनीति र बिरामी भएको देशलाई निको पार्नको लागि आफ््नो उम्मेदवारी रहेको बताए।
उनले भने,‘देश अहिले बिरामी प्राय छ, यसको उपचार खोज्नुपर्ने समय आएको छ, यो नगरपालिकामा सरकारसँग एक पैसा नलिएर बाटो बनाउनेकाम मैले गरको छु, आगमी दिनमा मलाई यहाँको जनताले जिताएको खण्डमा अनेकौ काम गरेर देखाउने छु, हाम्रा भन्दा राम्रा वयक्तिलाई मत दिनुपर्ने कुरा मैले भन्नु नपर्ला, यहाँ स्वच्छ प्रतिशपर्धाको चुनाव नहुे हो कि भन्ने संका पलाएको छ, कदापि यस्तो नहोस।’

राष्ट्रिय जनमोर्चा मेयरका उम्मेदवार भिम प्रसाद श्रेष्ठले पार्टी भन्दा पनि व्यक्ति हेरेर मतदान गर्नको लागि मध्यपुर नगरपालिकावासीलाई आग्रह गरे। उनले भने,‘आजको आवश्यकता भनेको पार्टी हेर्ने होईन, व्यक्तिलाई चिन्ने अवसर हो, त्यसैले मेरो उम्मेदवारी यो नगरलाई उत्कृष्ट नगरको रुपमा विकास गराउने हो, यहाँका जनता सचेत छन्, आर्थिक पारदर्शिता र विकासका पूर्वाधारहलाई स्थापित गर्नको लागि मेरो उम्ेदवारी छ, तपाई जनता जनार्दनले यसमा परिपक्व निर्णय गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु, पार्टी सानो ठुलो होला, मानिस गरिव होला तर उसको काम गर्ने क्षमता र विकासका बारेमा अब्बल बिचार छ भने त्यसले देश र समाजको उन्नतिको लागि काम गर्नसक्छ।’



प्रतिक्रिया दिनुहोस्