Logo

भरतपुरवासीलाई धमलाले भने,‘गफ गर्नेलाई होईन, काम गर्नेलाई जिताउनुहोस्’



भरतपुर, २७ बैशाख । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले क्लबले कसैको पक्षमा नबोल्ने बताउँदै यो पटकको निर्वाचनमा विकास र समृद्धिको लागि काम गर्नेसक्नेलाई मात्रै जनताले मेयर तथा उपमेयर चयन गर्नुपर्ने धारणा राखे ।

बुधबार रिपोर्टर्स क्लब नेपाल चितवन शाखाले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘तपाई जनता र उम्मेदवारीले आज प्रण गर्नुपर्छ भरतपुर महानगरपालिकालाई हरियाली बनाउनको लागि लाग्नुपर्छ, यहाँको विकास र समृद्धिको एजेण्डा बोकेर आउनेलाई मात्रै विजयी बनाउनुहोस्, अहिलेको युग भनेको विकास र समृद्धिको युग हो, त्यसैले भाषण गर्नेलाई भन्दापनि काम गर्नेलाई रोजौं, आजको जनताको चेतना धेरै माथि उठेको छ, तपाईहरुले आफ्नो मतलाई सही ठाउँमा सदुपयोग गर्नुहोस्।’

धमलाले नेपालमा झण्डै दुई दशकपछि निर्वाचन हुन लागेकोले यो निर्वाचनलाई सबैले सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले भने,‘रिपोर्टर्स क्लबले लामो समयदेखी निर्वाचनको लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ, आजपनि हामी तपाईहरुको माँझमा चुनावी बहस कार्यक्रममा छौं, यसलाई हामी निरन्तरता दिन्छौं।’



प्रतिक्रिया दिनुहोस्