Logo

म शतप्रतिशत मत ल्याएर विजयी हुन्छु : ज्ञवाली



भरतपुर, २७ बैशाख । यही बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनमा चितवनस्थित् भरतपुर महानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेद्धवारहरुले आ–आफ्नो जीतको सुनिश्चितता भएको दाबी प्रस्तुत गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपाल चितवन शाखाले आयोजना गरेको साक्षात्कारमा कार्यक्रममा प्रमुख दलका मेयर तथा उपेयरका उम्मेद्धवारहरुले आफ्नो जितको दाबी प्रस्तुत गरेका हुन् ।

शाखाका अध्यक्ष राजु चौधरीको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै त्यस्तै नेकपा एमालेबाट मेयरका उम्मेद्धवार बनेका नेकपा एमाले भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार देवी ज्ञवालीले भरतपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउन आफु लागीपरेको बताएका छन् ।

ज्ञवालीले स्वच्छ, सफा, हराभरा महानगर बनाउन नेकपा एमालेले गुरुयोजनाका साथ अगाडि बढेको बताए । ज्ञवालीले नगरलाई यातायात, ट्राफिक र पार्किङ्गको उचित व्यवस्थापन गर्ने, नारायणी किनार र नगर वनलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने, औद्योगिक क्षेत्रको रुपमा र मेडिकल सिटीको रुपमा चितवनलाई विकास गर्ने बताए ।

पर्यटकीय सम्भावना बोकेको चितवनलाई पर्यटकको गन्तव्यको रुपमा विकास गरी कृषियोग्य जमिनलाई व्यवस्थित गरी आधुनिक कृषि प्रणालीमा खेती गर्ने तर्फ आफु प्रतिवद्ध रहेको बताए ।

देशकै नमुना नगरको रुपमा विकास गरी भरतपुर महानगरपालिकालाई विश्वकै गन्तव्य स्थलको रुपमा विकास गर्न नेकपा एमालेलाई मतदान गरी विजयी गराउन समेत उनले अनुरोध गरे ।

उनले पनि भरतपुरमा पानीको सुविधा दिलाउने, २९ वटै वडामा पानी पुर्याउने आफ्नो लक्ष्य रहेको बताए । त्यस्तै उनले २९ वटै वडालाई जोड्नको लागि चक्रपथ तर उक्त चक्रपथ त्रिभुजीय आकारको हुने समेत बताए । त्यस्तै रोड कनेक्टिभीटीलाई पनि बढावा दिने उनले योजना सुनाए ।

उनले मतदाताहरुलाई छातीमा हात राखेर र माटोको कसम खाएर मात्रै कुन उम्मेद्धवारलाई विजयी गराउने भनेर सोच्न आग्रह गरे । उनले पनि आफ्नो विजयी सुनिश्चित भएको दाबी गरे । उनले आफूले शतप्रतिशत मत ल्याउरु विजयी हाँसिल गर्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्