Logo

घ्याल्चोकमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, प्रहरीद्वारा दुई राउण्ड हवाई फायर



काठमाडौं २८ बैशाख । कांग्रेस र माओवादी कार्यकर्ता बिच बुधबार साँझ गण्डकी गाउँपालिका–८ घ्याल्चोकमा भएको झडपमा प्रहरीलाई दुई राउण्ड हवाई फायर गरेको छ ।

माओवादी कार्यकर्ताले आफ्नो कार्यकर्तालाई आक्रमण गरेको कांग्रेसले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार माओवादीले आक्रमण गर्दा कांग्रेस कार्यकर्ता चढेको बा १४ च ६८५१ नम्बरको जिपमा समेत क्षति पुगेको छ । केहि कांग्रेस कार्यकर्ता समेत सामान्य घाइते भएका छन् ।

दुवैतर्फका कार्यकर्ता घरेलु हतियारसहित भिडन्तमा उत्रन लागेपछि हराई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । झडपका क्रममा प्रहरी जवान बिनोद प्रसाद कुर्मी पनि घाइते भएका छन् । कांग्रेस नेता सानुभाई विसुराले माओवादीले चुनाव प्रचारमा विना कारण आक्रमण गरेको बताए । माओवादीका स्थानिय नेता अकुर तिमल्सिनाले भने घटना बारे आफुलाई जानकारी नभएको बताए ।

त्यस्तै भिमसेन गाउँपालिकाको तान्द्राङमा कांग्रेस एमाले बिचको झगडा मिलाउन गएका शिक्षक घाइते भएका छन् । एमालेका कार्यकर्ताले बासले ५२ वर्षिय शिक्षक यदुप्रसाद लामिछाने घाइते भएको उनकी छोरी विपना लामिछानेल बताइन् । ‘दुई पक्षका कार्यकर्ता बिच विवाद भइरहेको थियो, झगडा नगर्नु भन्दा टाउकोमा हाने,’ उनले भनिन् । लामिछानेलाई उपचारका लागि आरुघाट प्राथमिक उपचार केन्द्र लगिएको छ ।



प्रतिक्रिया दिनुहोस्