Logo

छिमेकका बच्चालाई जोगाउँदा आमाछोरीको ज्यान गयो



काठमाडौं २८ बैशाख । बैतडी एक्कासी परेको बर्षसँगै आएको भेलले बगाएर दशरथचन्द नगरपालिका ६ सुकुट्टीमा आमा र छोरीको मृत्यु भएको खबर आजको कान्तिपुरमा छ ।

बुधबार साँझ घर नजिकैकमो खोलामा आएको भेलले स्थानीय मदन महरकी २३ बर्षीया श्रीमती सुनिता महर र ७ बर्षीया छोरी करिष्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नालामा लुगा धुदै गर्दा एक्कासी भेल आउँदा दुवैजना बगेका थिए । नालामा छिमेकीका अन्य दुई बालबालिकासमेत थिए । उनीहरुलाई छेउमा पुर्याएर छोरीलाई तान्न खोज्दा दुबैलाई बगाएको हो ।



प्रतिक्रिया दिनुहोस्