Logo

राष्ट्रपतिले बोलाइन शीतल निवासमा नेताहरुलाई



काठमाडौं २८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख ६ शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएकी छन् । बिहान दलहरु चुनाव प्रचारुमा लाग्नुअघि उनले छलफलका लागि बोलाएकी हुन् । स्थानिय तहको चुनाव, बजेट लगायतका विषयमा जानकारी लिन र शान्तिपूर्ण रुपमा संयमित भएर चुनावमा जान सन्देश दिने गरि नेताहरुलाई बोलाउनु भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष कमल थापा, राजपा नेपालका संयोजक महन्त ठाकुर, संघिय समाजवाली फोरकका अध्यक्ष उपेन्द्र यादवलाई छलफलका लागि बोलाइएको छ । छलफल बिहान ९ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्