Logo

चितवनको तालमेलको कांग्रेसमा लफडा, देउवा एकातिर पौडेल सिटौला अर्कोतिर



चितवन २८ बैशाख । सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चार महानगरमा चुनावी तालमेल भएको छ । तर चितवन महानगरपालिकामा भएको तालमेलले विवाद सुरु भएको छ । चुनावको दिन नजिक आउदा समेत नेताहरुबीच कुरा मिल्न सकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवा एकातिर र बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला अर्कोतिर उभिएका छन् । सहमति भएको भएपछि कांग्रेस चितवनका कार्यकर्ता रुष्ट वनेका छन् । पौडेल र सिटौला पक्षलाई समर्थन गर्ने कार्यकर्ताले अmभै मानेका छैनन ।

तालमेलको विरोधमा चितवनका कांग्रेस कार्यकर्ताहरुले विरोध प्रदर्शन समेत भएको थियो । उनिहरुले हसिया हथौडा संग रुख साट्न पाइदैन,पार्टी सभापती राजिनामा दे लगाएतका नारा लगाएका थिए । कांग्रस–माओवादी सहमति अनुसार काठमाडौं र पोखराको मेयरमा माओवादीले कांग्रेसलाई सघाउने छ भने चितवनको भरतपुरमा माओवादीलाई कांग्रेसले सघाउने छ । भरतपुरमा माओवादी केन्द्रका तर्फवाट प्रधानमन्त्री प्रचण्डकी पुत्री रेणु दाहाल मेयर पदकी उमेद्वार वनेकी छन् । आजको सम्वोधनपछि विवाद साम्य हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्