Logo

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा



काठमाडौं, २८ बैशाख । स्पेनिस फुटबल क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा स्पेनकै एथ्लेटिको मड्रिडसँग २-१ ले हारे पनि समग्रमा ४-२ को जित निकाल्दै रियाल मड्रिड फाइनलमा पुगेको हो ।

एक साता अघि आफ्नै मैदानमा भएको पहिलो लेगको खेलमा रियाल मड्रिड ३-० ले विजयी भएको थियो । बुधबार रातिको खेलमा एथ्लेटिको मड्रिडका साउल निग्वेज र एन्टोनियो ग्रेजम्यानले एक/एक गोल गरे ।

रियाल मड्रिडका लागि भने ईस्कोले एक गोल फर्काए । बुधबार रातिको खेलसँगै युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । वेल्सको कार्डीफमा यही जुन ३ तारिखमा हुने उपाधि भिडन्तमा ईटालीको युभेन्टस र स्पेनको रियाल मड्रिड भिड्नेछन् ।



प्रतिक्रिया दिनुहोस्