Logo

निर्वाचनमा बलियो सुरक्षा : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सुरक्षा सक्रियताका कारण निर्वाचनकाक्रममा घटना कम भएको बताउनुभएको छ । कतिपय राजनीतिक दलले तोडफोड गर्ने घोषणा गरेको अवस्थामा पनि सुरक्षानिकायले सक्रियता देखाएका कारण त्यस्ता घटना कम भएको बताउनुभयो ।

‘निवार्चचनको प्रतिरोध गर्ने भन्ने दलबाट नै धेरै तोडफोड र आगजनी भएको छ’ निर्वाचन आयोगले बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘घटना घट्नु अगाडी नै सुरक्षा निकायले नियन्त्रणमा लिएर तदारुकता देखाएकाले घटना कमभएका छन् ।’

प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगको सक्रियताका कारण चुनावको उत्साहपूर्ण वातावरण बनेको भन्दै आयोगको प्रशंसा गर्नुभयो । ‘निर्वाचन आयोगले निरन्तर मेहनेत नगरेको भएवातावरण अहिलेजसरी उत्साहपूर्ण हुने थिएन, आमजनतामा जसरी विस्वास पैदा भएको छ, त्यो संभव थिएन’उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले यति हुँदाहुँदै पनि कतिपय घटना घटेको भन्दै निर्वाचनको क्रममा घटेका घटना गम्भिर रुपमा हेर्ने विश्वास पनि दिलाउनु भएको छ । ‘घटना जति भएका छन् सरकारले गम्भिर रुपमा लिएको छ’ उहाँले भन्नुभयो – ‘यी सबै विषय गम्भिर रुपले हेर्ने विश्वास दिलाउन चाहन्छु ।’

कार्यक्रममा विभिन्न राजनैतिक दलका तर्फबाट गरिएको ध्यानाकर्षणप्रति सरकार गम्भिर रहेको पनि बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले दोलखामा भएको घटना दुःखद भएको भन्दै सत्यतत्य छानविन गर्ने विश्वास दिलाउनु भएको छ । उहाँले गोरखामा शसस्त्र प्रहरीका डिएसपि राजेन्द्र श्रेष्ठको श्रीमति आफै उम्मेदवार रहेको र हतियारसहितको समूह खैरेनीवाट प्रवेश गरेको सूचना आउँदा पनि चेकजाँच गर्नुपर्दैन भन्ने निर्देशन दिएकाले उनलाई सरुवा गरेको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्