Logo

राष्ट्रपति निवासमा प्रमुख दलका नेताहरुबीच छलफल



काठमाडौं, २८ बैशाख । राष्ट्रपति विद्यादेवि भण्डारीको आसन्न श्रीलंका र थाइल्याण्ड भ्रमणका सन्दर्भमा प्रमुख दलका नेताहरुबीच छलफल भएको छ ।

आज विहान राष्ट्रपति भवन शितल निवासमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख दलका नेताहरुले भ्रमण सफलताको शुभकामना व्यक्त गर्दै राय, सुझाव प्रस्तुत गरेका थिए ।

सो बैठकमा प्रधानमन्त्री, कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, एमाले उपनेता सुवास नेम्वाङ, उपप्रधानमन्त्री विजयकुमार गच्छेदार, संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादव, राजपा नेपालका नेता महन्थ ठाकुर सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्