Logo

जनतालाई मालिक बनाउन स्थानीय निर्वाचन : गृहराज्यमन्त्री बानियाँ



हेटौँडा, २८ वैशाख । गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले राष्ट्रमा प्रजातन्त्रको सुदृढीकरण गर्न र जनतालाई मालिक बनाउन स्थानीय निर्वाचन आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले नेपाली काँग्रेस मकवानपुरद्वारा बुधबार हेटौँडा उपमहानगरपालिका–१६ हटिया र मनहरि गाउँपालिकाको मनहरिमा छुट्टाछुट्टै आमसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसले मुलुकको राष्ट्रियताको संवद्र्धन गर्न र जनतलाई आर्थिक समुन्नतितर्फ डो¥याउने नेतृत्व गर्दै आएकाले राष्ट्रलाई सबल तुल्याउन मतदाताले नेपाली काँग्रेसलाई नै मतदान गर्न आग्रह गर्नुभयो ।

मन्त्री बानियाँले प्रमुख दल र प्रतिपक्षले आपसमा सहकार्य गरेर मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराई मधेसी जनताको उत्थानका लागि उत्प्रेरणा दिनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार आनन्दराम पराजुली, नेकपा (माओवादी केन्द्र)का उपप्रमुखका उम्मेदवार बलराम वल र मनहरि गाउँपालिकाका लागि नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार शङ्कर न्यौपानेले स्थानीय निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन राजनीतिक दलले निर्वाचन आयोगको आचारसंहितालाई आत्मसात गरी जनताको बढी भन्दा बढी सहभागिता जुटाउन आग्रह गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्