Logo

समाजसेवी भण्डारीद्वारा ११ लाखको अक्षयकोष



धनगढी, २८ वैशाख । समाजसेवी बद्रीनाथ भण्डारीले बुधबार यहाँ आयोजित आफ्नो ९२औँ जन्मोत्सवका अवसरमा रु ११ लाखको अक्षयकोष खडा गर्नुभएको छ ।

अक्षयकोषवाट प्राप्त हुने ब्याज रकमबाट कला, साहित्य र संस्कृतिको संरक्षणमा योगदान दिने एकजना साहित्यकारलाई हरेक वर्ष पुरस्कृत गर्ने उद्देश्य रहेको जनाइएको छ ।

पुरस्कारको राशि रु एक लाख ११ हजार १११ तोकिएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित समारोहमा समाजका संस्थापक अध्यक्ष यज्ञराज यात्रीले पुरस्कार स्थापना गरेर समाजसेवी भण्डारीले समाजका लागि ठूलो गुन लगाउनुभएको बताउनुभयो ।

सो अवसरमा समाजसेवी भण्डारीले सामाजिक कामका लागि आ–आफ्ना तर्फबाट सबैले योगदान दिन सक्नुपर्ने बताउनुभयो । समाजका अध्यक्ष रामलाल जोशीको सभापतित्वमा समारोह भएको थियो ।

धनगढी उपमहानगरपालिका–२ निवासी भण्डारीले यसअघि शिक्षालगायत क्षेत्रमा समेत योगदान दिनुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्