Logo

शीर्ष नेताहरुलाई राष्ट्रपति भण्डारीको सुझाव : मिलेर छिटो समस्या समाधान गर्नुहोस्



काठमाडौं, २८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलका शीर्ष नेताहरुलाई छिटोभन्दा छिटो राजनीतिक गत्यावरोध अन्त्य गर्नको लागि आग्रह गरेकी छिन् ।

बिहीबार विहान राष्ट्रपति भवन शितल निवासमा भएको छलफलमा राष्ट्रपति भण्डारीले शीर्ष नेताहरुलाई अहिलेको अवस्थामा दलहरु मिलेर जानुको विकल्प नभएको बताएकी थिईन् ।

बैठकमा प्रधानमन्त्री दाहाल निकै गम्भिर रुपमा प्रस्तुत भएका थिए । उनले मुलुकको समस्या समाधानको लागि आफू दिनरात लागिपरिरहेको भन्दै अहिलेपनि स्थानीय तहको निर्वाचनमा असन्तुष्ट पक्षधरहरुलाई समेट्नको लागि भगीरथ प्रयास गरिरहेको जानकारी गराए ।

त्यस्तै छलफलमा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ्ले आफू मिलेर जान तयार रहेको बताएका थिए । संकट समाधानको लागि हामी संविधान संशोधन गरेर जानपनि एमाले तयार रहेको उनको भनाई थियो । उनको भनाई उद्धृत गदै स्रोतले भन्यो,‘एमालेले अधिकतम लचकता अपनाउँछ’

राष्ट्रपति विद्यादेवि भण्डारीको आसन्न श्रीलंका र थाइल्याण्ड भ्रमणका सन्दर्भमा प्रमुख दलका नेताहरुबीच लफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख दलका नेताहरुले भ्रमण सफलताको शुभकामना व्यक्त गर्दै राय, सुझाव प्रस्तुत गरेका थिए ।

सो बैठकमा प्रधानमन्त्री, कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, एमाले उपनेता सुवास नेम्वाङ, उपप्रधानमन्त्री विजयकुमार गच्छेदार, संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादव, राजपा नेपालका नेता महन्थ ठाकुर सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्