Logo

जानकी नवमीको अवसरमा शिवम्को सरसफाई



धनुषा, २८ बैशाख । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले नेपाल ट्रेड सेन्टरको सहयोगमा आफ्नो सामाजिक उत्तरदायित्तव बोध गर्दै आज जानकी नवमीको शुभअवसरमा जनकपुरधाम स्थित प्रसिद्ध जानकी मन्दिरको सेरोफेरो लगायत चोकहरुमा सरसफाई अभियान सम्पन्न गरेको छ ।

“सरसफाईको मामला मा नो कम्प्रोमाइज” भन्ने नारा सहित बिहिबार बिहान ६ बजेदेखि १० बजेसम्म जानकी मन्दिरबाट सुरु भई सहरका विभिन्न स्थानहरुमा पुगेको उक्त कार्यक्रम मारवाडी यूवा मञ्च, जनकपुर जेसिस तथा महाविर यूवा कमिटिसँगको सहकार्यमा सफल भएको हो ।

यसबाहेक पनि शिवम्ले “धार्मिक आस्था र स्वास्थ्य” को लागि धुनुषाधाममा भइरहेको “सिता राम नाम जप महायज्ञ” मा सहभागी हुनुभएका श्रद्धालुहरुका लागि बैशाख १७ देखि २७ सम्म १० दिनसम्मका लागि चिसो पानी पनि वितरणगर्दै आइरहेको छ ।

यसरी “क्वालिटिको मामला मा नो कम्प्रोमाइज” भन्ने नारा सहित अघि बढिरहेको शिवम्ले पछिल्ला दिनहरुमा स्वास्थ्य, शिक्षा, धार्मिक आस्था, अनुशासन लगायत अन्य विभिन्न क्षेत्रहरुमा संलग्न व्यक्तिहरुलाई पनि कुनै पनि ढंगले “कम्प्रोमाइज” नगर्न उत्साहितगर्दै आएको छ ।

यस सरसफाई कार्यक्रम सँगै कम्पनीले स्वास्थ्य तथा सामाजिक हितको मामला पनि कुनै किसिमको सम्झौता नगर्ने प्रतिबद्धता दर्शाएको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिवम् सिमेन्टले समय–समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, विद्यालय संचालनमा सहयोग, स्वास्थ्य संचालनमा सहयोग, वातावरण व्यस्थापन लगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्