Logo

मतदान केन्द्रमा ११ सय कर्मचारी र दुई हजार सुरक्षाकर्मी, आज मतदाता परिचयपत्र वितरण



भक्तपुर, २८ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईले भक्तपुरका ७८ वटा मतदानस्थलमा रहेका १९१ वटा मतदान केन्द्रमा कर्मचारी खटाइ सकिएको बताउनुभयो ।

मतगणना नसकेसम्म कर्मचारी मतदान केन्द्रमै खटिने बताउँदै उहाँले आजदेखि ३० गतेसम्म प्रत्येक मतदान केन्द्रबाट फोटोसहितको मतदाता परिचयपत्र वितरण गरिने बताउनुभयो । मतदान केन्द्रमा गएर मतदाता परिचयपत्र लिन उहाँले मतदातालाई आग्रह गर्नुभयो ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मी तैनाथ गरेको छ । प्रमुख जिल्ला अधिकारी, द्रोण पोखरेलले सबै मतदानस्थलमा सुरक्षाकर्मी तैनाथ भएको बताउनुभयो । उहाँले भन्नुभयो – “चारवटै नगरपालिकामा रहेका निर्वाचन क्षेत्रमा ६० देखि ६५ जनासम्मको सशस्त्र प्रहरीको क्याम्प स्थापना गरिएको छ, सबै मतदान केन्द्रमा सुरक्षाकर्मीको टोलीसहितको क्याम्प राखिएको छ ।”

प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीका टोली गरी करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै उहाँले नेपाली सेनाको टोलीले पनि सुरक्षा दिने बताउनुभयो । सेनाका अनुसार भक्तपुरमा ४०० सेनाको टोली परिचालन हुने भएकोे छ ।

प्रजिअ पोखरेलले भन्नुभयो – “गाउँ गाउँमा सुरक्षाकर्मीको टोली पुगेको छ, भक्तपुर पूर्णरुपमा सुरक्षित छ, सुरक्षाका लागि रिजर्भ फोर्स र स्ट्रेरिङ फोर्स तयारी अवस्थामा राखिएको छ, आवश्यक पर्दा सुरक्षाकर्मीको थप टोली पठाउन सकिने व्यवस्था गरिएको छ ।”

प्रजिअ पोखरेलले निर्वाचनलाई शान्तपूर्वक सम्पन्न गर्न एक हजार एक सय निजामती कर्मचारी खटाइसकेको र सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको बताउनुभयो ।

जिल्लामा निर्वाचनको दिन कुनै अप्रिय घटना भएको अवस्थामा पाँच मिनेटभित्रै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने गरी व्यवस्था गरिएको बताउँदै उहाँले निर्वाचनको सबै सुरक्षाका लागि आवश्यक व्यवस्था पूरा गरिएको जानकारी दिनुभयो ।

आज अन्तिम दिन उम्मेदवारहरु ¥याली सहित भोट माग्न व्यस्त

स्थानीय तहको निर्वाचनका लागि प्रचारप्रसार एवम् घरदैलो अभियान गर्दै मत माग्न पाउने आज अन्तिम दिन भक्तपुरका चारवटै नगरपालिकाको टोलटोलमा ¥याली आयोजना गरिएको छ ।

बिहान ७ बजेदेखि नै मध्यपुर थिमि नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका चाँगुनारायण नगरपालिकाका विभिन्न दलका उम्मेदवारको टोलीले ¥यालीसहित टोलटोलमा पुगेर घरदैलो अभियान गर्दै भोट मागेका हुन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी माओवादी केन्द्र र नयाँ शक्ति पार्टीलगायतका उम्मेदवार छुटृाछुटृैघरदैलो अभियानमा सम्लग्न थिए । रासस



प्रतिक्रिया दिनुहोस्