Logo

प्रचण्ड र देउवाले हेलिकप्टरमै हाने सेल्फी



काठमाडौं, २८ बैशाख । यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा शीर्ष नेताहरु नै आफ्ना पार्टीबाट मेयर तथा उपमेयर बनेका उम्मेद्धवारहरुलाई भोट माँग्न व्यस्त छन् ।

आइतबार हुने स्थानीय तहको निर्वाचनको प्रचारपसार गर्ने समय आज सकिदैँछ। आफ्नो पक्षमा पक्षमा प्रचारप्रसार गर्न उम्मेदवार पार्टीका शीर्ष व्यस्त छन्। यसैबीच भरतपुर, पोखरा र काठमाडौंमा तालमेल गरेका कांग्रेस र माओवादी केन्द्रका शीर्ष आज चितवन जाँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहालको पक्षमा प्रचारप्रसार गर्न कांग्रेस सभापति शेरबहादुर देउवा पनि चितवन गएका छन्।

कांग्रेस सभापति देउवा प्रधानमन्त्री दाहाल एउटै जहाजमा चितवन उडेका हुन्। प्रधानमन्त्री स्वकीय सचिव प्रकाश दाहालले सार्वजनिक गरेको सेल्फी तस्बिरमा  दाहाल र देउवा सँगैका दुई सिटमा बसेका देखिन्छन्। चितवन पुगेर दाहाल र देउवाले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।



प्रतिक्रिया दिनुहोस्