Logo

मेरो छोरी नै भएपनि, रेणुको आफ्नै हैसियत छ : प्रधानमन्त्री दाहाल



चितवन, २८ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले रेणु दाहालले प्रचण्डपुत्री भएका कारण टिकट नदिएको वताएका छन् । उनले रेणु दाहालको आफ्नै क्षमता र हैसियतका कारण पार्टीले टिकट दिएको वताए ।

भरतपुरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै प्रचण्डले नेपालको भविष्य सुनिश्चित गर्न र विकास निर्माणको अभियान थालनी गर्न काँग्रससँग तालमेल गरेको वताए । माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले देउवा र आफू एकसाथ आएर सम्बोधन गरेपछि भरतपुरमा यो गठबन्धनलाई अब झिनो मतले जित्ने छुट नभएको बताए ।

उनले भने,भरतपुरमा माओवादी काँग्रेस तालमेलको कठोर निर्णय भएको हो, यो गठवन्धन संयोगको मात्र नभई इतिहासको आवश्यता संग संम्वन्धित छ । सम्पुर्ण राष्ट्र र चितवनको समग्र विकासका लागी यो गठवन्धन चमत्कारिक भएको उनको भनाई छ । दाहालले दक्षिण एशियाकै समृद्ध महानगर वन्ने आधार भरतपुर महानगरसंग मात्र भएको दावी गरे ।



प्रतिक्रिया दिनुहोस्