Logo

भाषण गर्दागर्दै ओलीले भावुक बन्दै भने,‘दुई चारवर्ष बाँचे भने विरोध गर्नेलाई रेल चढाइदिन्छु’



काठमाडौं, २८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी आमसभामा निकै भावुक भाषण गरेपछि स्थानीय नेता तथा कार्यकर्ताहरु एकछिन भावुक बनेका थिए ।

काठमाडौंमा बिहीबार भएको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एक्कासी आफू दुई चारवर्ष बाँचे अहिले विरोध गर्नेलाई रेल चढाइदिन्छु भनेर सम्बोधन गरे । ओलीले यस्तो सम्बोधन गरिरहँदा उपस्थित् मासमा एकछिन स्तब्धता छाएको थियो । ओली निकै भावुक मुद्रामा पेश भएका थिए ।

उनले अघि भने,‘एमाले विकास र समृद्धिको मार्गमा देशलाई अघि बढाउन चाहन्छ, विकासका योजना हामीले अघि सारेका हौं, अरुले त्यसलाई पहिला उडाएर पछि त्यसैको नक्कल गरेका हुन्, के–के कुरा गर्छ एमालेले भनेर उडाउँछन्, दुई चार वर्ष बाँचे हामी तिनीहरुलाई रेल चढाएर काठमाडौंबाट पोखरा पठाउँछौं ।’

ओली त्यतिकैमा रोकिएनन उनी अघि बढ्दै गए,‘त्यसबेला भन्नुहुन्छ बेकारमा एमालेको विरोध गरिएछ, शहरको विकास गर्न अहिले हामीले हरेक सहरलाई ५० करोड छुट्यायौं । प्रचण्डजीले प्रधानमन्त्री भएपछि संसदमा मतिर हेरेर सोध्नु भो, रेल त ल्याउने पैसा कहाँबाट ल्याउने ? मैले त्यहाँ त उठेर जवाफ दिन मिल्दैनथ्यो । केही दिनपछि मैले भेटमा भनेँ, विकासका लागि बजेट कति चाहिन्छ मलाई भन्नुस् म ल्याइदिन्छु । दुनियाँमा पैसा छ, लगानी गर्न चाहन्छन, हामीले वातावरण बनाइदिनु पर्छ । राजमार्गलाई फराकिलो पार्ने काम हामीले सुरु गर्यौं ।’

ओलीले संविधान संशोधन गर्न खोजिएकोप्रति कडा प्रतिक्रिया दिए । उनले भने,‘यहाँ हाम्रो राष्ट्रभाषा हिन्दी बनाउन खोज्या छन, पहाड र तराई छुट्याउन खोज्या छन्, जातीय कलंक मच्चाउन खोजेका छन् । देशलाई विकास गर्न नदिने र पछाडि पार्न खोज्या छन् । यस्ता कुरामा पार्टी भनेर हुँदैन । मैले पैले पनि भन्ने गरेको छु, बीपी सम्झेर लागेका मान्छेहरु, गणेशमान सम्झे लागेका, केपी सम्झेर लागेका मान्छेहरु, अहिलेका कांग्रेसका नेता देखेर ! कठैबरा ।’



प्रतिक्रिया दिनुहोस्