Logo

जनताको स्वाभिमानलाई उचो राख्न गरेका प्रयत्नले एमालेको विजय सुनिश्चित : खनाल



काठमाडौँ, २८ वैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा राष्ट्रियता र समृद्धिको पक्षमा आफ्नो पार्टी उभिएको बताउनुभएको छ ।

पार्टीको चुनाव प्रचार कमिटी वडा नं १५ ले स्वयम्भूमा आज आयोजना गरेको कार्यक्रममा नेता खनालले विभिन्न समयमा पार्टीले राष्ट्रियताको रक्षा र जनताको स्वाभिमानलाई उचो राख्न गरेका प्रयत्नले आफ्नो पार्टीको विजय सुनिश्चित रहेको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनप्रति जनतामा देखिएको उत्साहले अब बन्ने स्थानीय सरकारले देशलाई समृद्धितर्फ लैजाने विचार व्यक्त गर्नुभयो ।

पार्टीका नेता जीवनराम श्रेष्ठले लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनले देशमा स्थानीय विकास तथा पूर्वाधार निर्माणमा गति लिने विश्वास व्यक्त गर्दै महानगरमा अब एकीकृत बस्ती विकासको खाँचो औँल्याउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्