Logo

मेयरका उम्मेदवार केसीको उद्घोस : मेयर बने सरकारी सुविधा लिन्न



प्रकाश खनाल : बुटवल, २८ बैशाख । बुटवल उपमहानरपालिकाको मेयरका उम्मेदवार कुल बहादुर केसीले आफु बुटवलको मेयर भएमा सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

रिपोर्टस क्लव नेपाल बुटवलमाले आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार केसीले आफु भुतपुर्व शैनिक भएको भन्दै आउने पेन्सनबाट नै दैनिक जिविको पार्जन हुने भन्दै कुनै नेपाल सरकार बाट कुनै पनि सेवा सुविधा नलिने बताएका हुन । साक्षत्कारमा बोल्दै उनले भने–‘स्थानिय तहमा हुने गरेको भष्ट्राचार अन्त्यको लागि पनि स्थानिय निकायमा दिने सेवा सुविधामा नलिने घोषणा गर्दछु । ’

नेपाली काग्रेसका क्षेत्रीय प्रतिनिधि समेत रहेका वि.कम र कानुनमा समेत शैक्षिक योग्यता हासिल समेत रहेका उनी क्षेत्री समाज बुटवलका अध्यक्ष समेत हुन भने भुतपुर्व शैनिक कल्याणकारी महासंघका महासचिव तथा नेपाल भुतपुर्व शैनिक संघका केन्द्रीय सदस्य समेत रहेका केसीले साक्षत्कार कार्यक्रममा बोल्दै आफु मेयर बनेमा बुटवलको मास्टर प्लान बनाएर योजनबद्ध विकास गर्ने बताएकान हुन ।

उनले बुटवलको विकासको लागि अहिले निश्चित भिजन भएका व्याक्तिहरुको अभाव भएको भन्दै उनले बुटवल एक स्वच्छ, सफा ग्रीन सिटीको रुपमा विकास गर्ने योजना आफुसंग रहेको बताएका हुन ।

उनले विकासको स्पष्ट भिजन भएको व्याक्तिलाई स्थानिय जनताहरुले भोट दिनुपर्ने तर्क राखे । उनले विर गोर्खालीले जीत हासिल गरेको जीतगढी किल्लालाई ५०-६० हजार रुपैयाँ खर्च गरी पर्यटकिय किल्लाको रुपमा विकास गरिने गरी आर्किटेक ईन्जीयरसंग डिजाईन समेत तयार पारेको जानकारी दिदै जीतगढी किलल्ला लाई पर्यटकिय नगरको रुपमा विकास गरिने जानकारी दिए ।

बुटवलको शहरी विकासको लागि निश्चित योजना अगाडी बढाउनुपर्ने खाँचो रहेको भन्दै उनले त्यसको निश्चित मोडलआफुसंग रहेको बताएका थिए । तिनाउ नदि तटबन्द, लगायतका विविध विकासका पुर्वाधारहरुको निश्चित भिजन, आफुसंग उनले बताए ।

देविनगरको स्टेडियमलाई स्पोर्ट जोन बनाउने, बुटवलाई एजुकेशन जोन, ग्रिन सिटी र क्लिीन सिटी बनाउने, ढल व्यवस्थापन बनाउने योजना रहेको उनको तर्क रहेको छ ।

अहिले वासोवास भएको बुटवलको ११ साविक बुटवल १३ वडाबाट सर्वसम्मत रुपमा मेयरको लागि सिफासिरमा समेत परेका केसीले नेपाली काग्रेसले टिकट दिएमा आफुले बुटवलको विकासमा कायापलट गर्ने प्रतिवद्वता जनाए । रिपोर्टस क्लव नेपाल रुपन्देहीका अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार कृष्ण खनालले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्