Logo

बिदेशीसँग लम्पसार पर्दापर्दा काँग्रेस–माओवादीका नेताहरुको घुँडाभरी घाउ नै घाउ भएको छ : ओली



काठमाडौ., २८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले नाम्लो लगाएर माओवादी बोकेको आरोप लगाएका छन् ।

उनले भरतपुरमा कांग्रेस माओवादी गठवन्धन प्रचण्डकी छोरीलाई जिताउने योजना र देउवा प्रधानमन्त्री वन्ने दाउ मात्र रहेको दावी गरे ।

भरतपुरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै ओलीले भने ‘अरुका छोराछोरी मार्न लगाएर आफ्ना छोराछोरी मेयर बनाउदै छन् त्यो पनि देउवाको विवेकलाई बन्धकी बनाएर ।

माओवादी जनयुद्ध आफ्ना सन्तानका लागी मात्र गरेको ओलीको जिकिर छ । माओवादीले युद्धका नाममा युवाहरुको भविश्य र समय वर्वाद बनाएको भन्दै उनले कांग्रेस कार्यकर्तालाई अब झोक्राएर नवस्न आग्रह गरे ।

बिदेशीका अघिल्तिर लम्पसार पर्दापर्दै सत्ताधारी दलका नेताहरुको घुंडाभरी घाँउ नै घाँउ भएको ओलीले टिप्पणी गरे । राष्ट्रिय एकता, अखण्डतालाई कमजोर बनाउन परिएको लम्पसारले देशको हित नहुने ओलीले वताए ।

सभामा एमाले महासचिव इश्वर पोखरेल, स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डे, भरतपुर महानगरका एमाले उम्मेदवार देवी ज्ञवाली, उपमेयरको उम्मेदवार दिब्या शर्मा, जिल्ला सचिव पार्वती रावल लगायतले बोलेका थिए । एमाले अध्यक्ष ओली आजै पुर्वी चितवनको रत्ननगर, खैरहनी, र राप्तीमा हुने जनसभामा सहाभागी भएका छन् ।

भरतपुर महानगरपालिकामा एमाले चितवनले गरेको वृहत चुनावी सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले बिदेशीका अघिल्तिर लम्पसार पर्दापर्दा सत्ताधारी दलका नेताहरुको घुँडाभरी घाउ नै घाउ भएको टिप्पणी गरेका छन्।

ओलीले भने ‘राष्ट्रिय एकता, अखण्डतालाई कमजोर बनाउन परिएको लम्पसारले उनीहरुका घुँडामा टाटैटाटा परेका छन।’ माओवादी कांग्रेस गठवन्धन तर्फ संकेत गर्दै ओलीले कांग्रेसले नाम्लो लगाएर माओवादी बोकेको टिप्पणी गरे।

’चितवनकै बाँदरमुढे घटनाका घाईते अझै पनि यहीँ छन्, हजुरआमा भेट्न आउँदा टाडीमा ढलाइएका कृष्ण अधिकारीकी आमा अझै अस्पतालमै छिन्, माओवादीको भाटा खाएका कांग्रेस कार्यकर्ताका ढाँडमा अझै सुम्लाका डाम छन्’, ओलीले भने, ’कांग्रेस कार्यकर्ताअब झोक्राएर बस्नु पर्दैन।’

माओवादीले युद्धका नाममा युवाहरुको भविष्य र समय वर्वाद बनाएको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘अरुका छोराछोरी मार्न लगाएर आफ्ना छोराछोरी मेयर बनाउदै छन् त्यो पनि देउवाको विवेकलाई बन्धकी बनाएर।’



प्रतिक्रिया दिनुहोस्