Logo

उम्मेद्धवारले लाखौं खन्याउने तयारी गरेको सुईंको पाएपछि आयोगले चाल्यो यस्तो कदम



काठमाडौं, २८ बैशाख । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित गलत काम गरिएको पाईए कडा कारबाही गर्ने चेतावनी दिएपनि कतिपय उम्मेद्धवारले मौन अवधि सुरु हुन केही घण्टा मात्रै बाँकी हुन लाग्दा मतदाताहरुलाई लाखौं खन्याउने तयारी गरेको सूत्रहरुको दाबी छ ।

यही बैशाख ३१ गते अर्थात आउने शनिबार स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन हुनु ४८ घन्टा अघि सुरु हुने मौन अवधिले मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गर्न प्रेरित गर्ने विज्ञहरुको बुझाई छ। तर जसको लागि निर्वाचन आचारसंहिता बनाईएको हो, उम्मेद्धवारहरुले नै उल्लंघन गरेका घट्नाहरु सार्वजनिक भैरहेका छन् ।

हिजोमात्रै आयोगले दलहरुलाई बोलाएर आचारसंहिता उल्लंघन नगर्नको लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको थियो । यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरात १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन पाइँदैन ।

राजनीतिक दल तथा उम्मेदवारका प्रचारप्रसार मतदानको अन्तिम समयमा आएर कुनै द्वन्द्वमा परिणत नहोस् वा निर्वाचनको मुखमा प्रचार प्रसारमा विकृति नबढोस् भनेर मौन अवधि राखिएको हो। तर प्रमुख दलका उम्मेद्धवारहरुले नै मौनअवधिमा आचारसंहिता उल्लंघन गरेर लाखौं रकम खर्च गरेको खुल्न आएको छ ।

तर निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले आचारसंहिता विपरित काम गरेको पाईए आयोगले कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिए । नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम आर्थिक बहसका लागि बिहीबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा सचिव मैनालीले यस्तो चेतावनी दिएका हुन् । उनले आचारसंहिता विपरित चुनावी प्रचारप्रसार गर्ने दलहरुलाई आयोगले ध्यानाकार्षण गरिसकेको समेत जानकारी दिए ।

२ सय ८३ वटा स्थानीय तहमा करिब १३ हजार पदका लागि हुने निर्वाचनमा ४८ हजारको हाराहारीमा उम्मेदवार चुनावी मैदानमा छन्।



प्रतिक्रिया दिनुहोस्