Logo

मोबाइल सेवा पुनःसञ्चालन



हुम्ला, २८ वैशाख । यही वैशाख २२ गतेदेखि अवरुद्ध मोबाइल टेलिफोनको नमस्ते र स्काई सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ ।

जुम्ला जिल्लाको चङ्खोली लेकमा सञ्चार अवरुद्ध हुँदा निर्वाचन टोलीलाई समेत खबर आदानप्रदान गर्न कठिन भएको थियो ।

यसैबीच हुम्ला जिल्लाका सात गाउँपालिकामा बिहान ७ बजेदेखि परिचयपत्र वितरण भइरहेको गाउँपालिका निर्वाचन केन्द्रका अधिकृतले फोनबाट जानकारी दिनुभयो ।

परिचयपत्र लिन मतदाताले नागरिकताको प्रमाणपत्र देखाउनुपर्ने छ । रासस



प्रतिक्रिया दिनुहोस्