Logo

माधव ढुंगेललाई बर्खास्त गर्ने तयारी !



काठमाडौं २९ बैशाख । मन्त्रिपरिषदबाट स्पष्टीकरण लिने निर्णय भएको एक सातापछि युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेललाई बर्खास्त गर्न युवा तथा खेलकुद मन्त्रालयले पत्र पठाएको छ ।

मन्त्री श्रीपाइलीले मन्त्रिपरिषदमा पेस गरी तयार गरेको र २१ गते मन्त्रिपरिषदले स्पष्टीकरण सोध्ने निर्णय बिहीबार कार्यान्वयन गरेका हुन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

निर्वाचनको दिनसम्म स्पष्टीकरण नदिए उनलाई बर्खास्त गर्ने तयारी भइरहेको मन्त्रालय स्रोतको भनाई छ । ढुंगेललाई एमाले नेतृत्वको सरकाका पालामा उपाध्यक्षमा नियुक्त गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्