Logo

निर्वाचन प्रचार प्रसारमा कहा कहाँ भयो झडप ?



काठमाडौं २९ बैशाख । गृहको तथ्यांक अनुसार स्थानीय तह निर्वाचन प्रचार प्रसार सूरु भएपछि दाङ, गोरखा, धादिङ, डोल्पा, नुवाकोट र दोलखामा झडप भए, यो खबर आजको नागरिक दैनिकमा छ । झडपको क्रमा दोलखामा एक जनाको मृत्यु भएको छ ।

गृहका अनुसार रुकम र गोरखामा सत्ताधारी दल माओवादी र कांग्रेसकाा समर्थतबीच झडप हुँदा स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको थियो ।
कहा कहाँ भयो झडप ?
२७ गते गोरखाकै लक्ष्मीबजारमा नयाँ शक्ति नेपाल र माओवादीका कार्यकर्ताबची झडप भएको थियो ।
२६ गते रुकमको सनोभेरी गाउँपालिकाको चुनावी कार्यक्रममा हिडेको कांग्रेस कार्यकर्तालाई माओवादी कार्यकर्ताले अवरोध गर्ने प्रयास गरेपछि दुवै पक्षमा झडपमा उत्रिएका थिए ।
दाङको मुसिकोट नगरपालिकामाा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना प्रहरी घाईते भएका थिए ।
दोलखाको जुगुमा एमाले र माओवादी केन्द्रका समर्थकबीच झडपमा गौरीशंकर गाउँपालिका २ का वडा सदस्यका उम्मेदवारी गोरे तामाङका छोरा कुलबहादुर तामाङको मृत्यु भयो ।
धादिङको गजुरी गाउँपालिकामा माओवादी केन्द्र र एमाालेका समर्थकबीच झडप भएको थियो ।
यस्तै भरतपुर महानगरपालिका मेयर उम्मेदवारी रेणाु दाहालको प्रचारमा पयाग भएको गाडी जलाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्