Logo

पम्फा भुषालको घोषणा : अब ५ वर्षसम्म काँग्रेस–माओवादी केन्द्रको गठबन्धन कायम रहन्छ



काठमाडौं, २९ बैशाख । सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले आगामी ५ वर्षसम्म काँग्रेस र माओवादी केन्द्रको गठबन्धन कायमै रहने दाबी गरेकी छिन् ।

शुक्रबार नेपाली बहसका लागि ऋषि धमलासँगको कुराकानीमा उनले भनिन्,‘जेठको पहिलो हप्ता नै शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ, उहाँले नै बजेट ल्याउनुहुन्छ, जेठ ३१ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन पनि उहाँले नै गर्नुहुन्छ।’

भुषालले आगामी ५ वर्षसम्म काँग्रेस–माओवादी केन्द्रको गठबन्धन कायम रहने भएकोले अबको तीन तहकै निर्वाचन यही गठबन्धनले गर्ने र आर्थिक समृद्धिको यात्रा तय गर्ने बताईन् ।



प्रतिक्रिया दिनुहोस्