Logo

तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत : आयुक्त पौडेल



पोखरा, २९ वैशाख । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत भएको बताउनुभएको छ ।

यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयले आज आयोजना गरेको पत्रकार भेटघाटमा आयुक्त पौडेलले उमेदवारले ठूलो मोटरसाइकल ¥याली र भोज भतेर गर्नु व्यर्थकै खर्च भएको टिप्पणी गर्नुभयो ।

स्वच्छ छवि, विकासप्रेमी र जनताको सुखदुःखमा सधँै रहेर काम गर्नेले नै जनताको मत जित्नसक्ने विचार व्यक्त गर्दै उहाँले निर्वाचन आयोगको आचारसंहिता पालना गर्ने हो भने दल तथा स्वतन्त्र उम्मेदवारले प्रचारप्रसारलाई कम खर्चिलो र कम भडकिलो बनाई वातावरणलाई शान्त बनाउनुपर्ने धारणा राख्नुभयो ।

आयुक्त पौडेलले प्रदेश नं– ४ का सबै जिल्लाको निर्वाचन तयारी शान्तपूर्ण वातावरणमा रहेकाले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातासँग आग्रह गर्नुभयो । उहाँले दुवै चरणको स्थानीय तहको निर्वाचन गर्न नसकिएमा आगामी माघ ७ गतेभित्र गर्नुपर्ने प्रादेशिक र संसदीय निर्वाचन अन्यौलमा पर्ने विचार व्यक्त गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्