Logo

भोट हाल्नकै लागि हजारौंको संख्यामा नेपालीहरु स्वदेश फर्किए



काठमाडौं, २९ बैशाख । यही बैशाख ३१ गते अर्थात आउने आईतबार स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ । निर्वाचनमा उल्लेखनीय जनसहभागिता हुने निर्वाचन आयोगले विश्वास लिएको छ। छोटो समयमा पनि आयोगले द्रुत तयारी गरेको र सम्पूर्ण व्यवस्थापन गरेकोमा चौतर्फी प्रशंसा भैरहेको छ ।

निर्वाचनको मुखमा यतिवेला चुनावी रौनकहरु गाउँदेखि शहरसम्म छाएको छ । यतिवेला काठमाडौं उपत्यका रित्तिँदैछ । काठमाडौं बस्नेहरु चुनावमा भोट हाल्नको लागि आफ्नो गृहजिल्ला गैरहेका छन्। काठमाडौंबाटमात्रै नभएर विदशेबाट पनि आफ्नो पार्टीका उम्मेद्धवारहरुलाई जिताउनको लागि भोट हाल्न आउनेहरुको घुईँचो नै लागेको छ। देशको एकमात्रै अन्र्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा दिनहुँ हजारौंको संख्यामा नेपालीहरु ओर्लिएका छन् । यसले पनि के देखाउँछ भने विदेशमा बस्ने नेपालीहरुलाई पनि यो चुनावमा भाग लिने ठूलो उत्साह रहेको छ।

त्यस्तै छिमेकी देश भारतमा काम गर्ने, व्यापार व्यवसाय गर्नेहरुपनि धमाधम नेपाल फर्किएका छन् । उनीहरु पनि भोट हाल्नैको लागि केही समयको छुट्टि मिलाएर आएका हुन् । नेपालका विभिन्न सुनौंली नाका, विरगन्ज, जोगबनीबाट नेपालीहरु भोट हाल्नैको लागि ठूलो संख्यामा आईरहेको स्थानीय सरकारी अधिकारीहरुले जनाएका छन् । आईतबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्मको लागि मतदान समय तोकिएको छ ।

पहिलो चरणको निर्वाचनमा समय अभावका बावजुद पनि निकै चुस्त, दुरुस्त र सुव्यवस्था निर्वाचन आयोगले प्रवन्ध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्